मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:४३ Sunday, November २२, २०२६

कश्मिर घटनापछि भारतले खारेज गर्‍यो पाकिस्तानसँगको सिन्धु जल सम्झौता

शेयर२०K०

भारतले पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकले उक्त सम्झौता खारेज गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिजो (मंगलबार) भारतको जम्मु–कश्मिरको पहलगाममा भएको आतकंवादी समूहको हमलापछि बुधबार साँझ बैठक बसेको थियो ।

उक्त हमलापछि साउदी अरबको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदी बुधबार मात्रै फर्किएका थिए ।

उनले उक्त हमला गर्ने समूहलाई नछाड्ने चेतावनी दिइसकेका छन् । मंगलबार पहलगाममा पर्यटकमाथि आतंकवादीहरूले २४ पर्यटकसहित २६ जनाको गोली हानेर हत्या गरेका थिए । घटनामा थुप्रै घाइते भएका थिए ।

यसअघि सन् २०१९ को फेब्रुअरीमा जम्मु–कश्मिरकै पुलवामा भएको आतकंकारी आक्रमणमा ४० भारतीय सैनिक मारिएका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२०K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।