मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:४१ Sunday, November २२, २०२६

काठमाडौँबाट छुटेको बस घोडाघोडीमा दुर्घटना, १३ जना घाइते

शेयर५२.७K०

काठमाडौँबाट बझाङका लागि छुटेको बस कैलालीमा दुर्घटना भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका २ टनकपुर नजिकै सुप प्र ०१००१ ख ३३८५ नम्बरको बस बिहीबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परि १३ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घ बहादुर साउँदले जानकारी दिए ।

बस सोही दिशामा गइरहेको सुप प्र ०१००२ त ४६४० नम्बरको ट्याक्टरलाई ओभरट्याक गर्दा अनियन्त्रित भएर दुर्घटना भएको हो । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर५२.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।