मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:३० Monday, November २३, २०२६

श्री सप्तश्री माध्यमिक विद्यालयका २३ जना विद्यार्थी स्काउटद्वारा दीक्षित

शेयर३२.५K०

कैलालीको मध्यवर्ती क्षेत्र सुखडमा रहेको श्री सप्तश्री माध्यमिक विद्यालयका २३ जना विद्यार्थी पहिलो पटक स्काउटद्वारा दीक्षित भएका छन् । विद्यालयमा अध्ययनरत १२ जना छात्र र ११ जना छात्रा गरी २३ जना विद्यार्थी दीक्षित हुन योग्य भएपछि शुक्रवार विद्यालयमा एक कार्यक्रमका बिच दीक्षित भएका हुन् ।bd49ddae-f47d-4dd3-97f8-b533a55266b4

विद्यालयका सहायक प्रिन्सिपल लाल बहादुर बोहराको अध्यक्षता तथा घोडाघोडी नगरपालिकाका नगर प्रमुख तथा नगरका स्काउट संरक्षक खडक बहादुर रावतको प्रमुख आतिथ्यतामा स्काउट दीक्षान्त समारोह सम्पन्न भएको हो । विद्यालयका स्काउटर शिक्षिका कविता सिंहका अनुसार २३ जना विद्यार्थीहरू दीक्षित भएका छन् उनका अनुसार विभिन्न चरणमा गरी तालिममा सहभागी भई दीक्षित हुन योग्य भएपछि उनीहरूलाई दीक्षित गराइएको हो । b03c9d8a-a4af-4dcd-8171-2d0d7425f1bd

कार्यक्रमका प्रमुख अतिथि रावतले स्काउट एक अनुशासित, मर्यादित र चरित्रवान् व्यक्ति उत्पादन गर्ने सामाजिक संस्था भएकोले सबै दीक्षित विद्यार्थी मर्यादित भएर लाग्न अनुरोध गरे । उनले नेपालको प्रजातन्त्रको उदयपछि देशभर शैक्षिक जागरणका निम्ति स्काउटको स्थापना भएको र त्यस मार्फत जागरणका अभियानले प्रभावकारी काम गरेको समेत बताए । उनले घोडाघोडी नगरपालिकाका स्काउट दलमा आबद्ध शिक्षकहरूले स्काउट क्रियाकलापमा गरेका कामको प्रशंसा गर्दै सरकारी विद्यालय होस वा संस्थागत विद्यालय होस स्काउट क्रियाकलापको लागि नगर सरकार उत्तिकै जिम्मेवार रहेको बताए ।

उक्त विद्यालयका स्काउट संरक्षक तथा सहायक प्रिन्सिपल लाल बहादुर बोहराले स्काउटिङले शैक्षिक गतिविधि मार्फत विधार्थीहरूलाई देशभक्त र वफादार बनाउँदै लैजाने बताए ।

कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर सिंह, सो विद्यालयका शिक्षक शिक्षिका, सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियो । 75da798c-1cc0-4eaf-ab6d-7984ffe8a9d7

 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर३२.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।