मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:१९ Sunday, November २२, २०२६

घोडाघोडीमा घर तथा गोठहरूमा आगलागी, २५ लाख बराबरको क्षति

शेयर३२.३K०

घोडाघोडीमा चार जनाको घरमा आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ।

नगरपालिकाको वडा नम्बर ४ गैँडाखेडाका एकेन्द्र शाही, मदन बुढा, डबल ठगुन्ना र विष्णु पाण्डेको घर तथा गोठहरूमा आगो लागेको हो।

इलाका प्रहरी कार्यालय सुखडका डिएसपी रमेश दत्त अवस्थीका अनुसार शाहीको घर, बुढाको घर र गोठ, ठगुन्नाको गोठ र पाण्डेको घरमा आगलागीबाट क्षति भएको हो। शुक्रवार बिहान उनीहरूको घर तथा गोठहरूमा आगो लागेको डिएसपी अवस्थीले बताए । घोडाघोडी नगरपालिकाको दमकल, गौरीगंगा नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर३२.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।