मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:१६ Monday, November २३, २०२६

भन्सार कार्यालयका प्रमुख तिमिल्सिनामाथि कुटपिट गर्ने धनगढी नगर प्रहरीका प्रमुख धामी पक्राउ

शेयर१६.१K०

कैलाली भन्सारका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गर्ने धनगढी नगर प्रहरीका प्रमुख लक्ष्मणसिंह धामी कञ्चनपुरबाट पक्राउ परेका छन् ।

 

आइतबार बिहानदेखि फरार धामीलाई कैलाली प्रहरीको टोलीले कञ्चनपुरको झलारीमा लुकेको अवस्थामा पक्राउ गरेको हो ।

 

बैतडीको दशरथचन्द नगरपालिका–१० घर भएका ५३ वर्षका धामीलाई पक्राउ गरेर कैलाली ल्याइदैछ । अन्य तीन जना नगर प्रहरीलाई भने धनगढीबाट पक्राउ गरिएको छ ।

 

धामीसहितका नगर प्रहरीले शनिवार राति कैलाली भन्सार कार्यालयभित्र प्रवेश गरेर प्रमुख तिमिल्सिनामाथि कुटपिट गरेका थिए ।

उनीहरूविरूद्व अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी परेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१६.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।