मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:४७ Monday, November २३, २०२६

घोडाघोडीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

शेयर४०.६K०

घोडाघोडीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर ३ निम्दीमा सु.प.प्र ०१–००९ प ८४५२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने ५५ वर्षीय मान बहादुर चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेश दत्त अवस्थीले मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते चौधरीकोको उपचारका क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको बताए ।

डिएसपी अवस्थीका अनुसार मोटरसाइकल चालक घोडाघोडी नगरपालिका ७ का २५ वर्षीय भरत बहादुर बमको समेत दाहिने हात, निधार र अनुहारमा चोट लागेकोले प्रहरीको निगरानीमा घोडाघोडी अस्पताल सुखडमा उपचर भइरहेको छ । मृतकको शव परीक्षणका लागि टिकापुर अस्पतालमा राखिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर४०.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।