मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:१५ Monday, November २३, २०२६

किसानलाई पावरटिलर दिने भन्दै ठग्दै आएकी सुशिला खड्का पक्राउ, घोडाघोडीमा समेत थियो ठगी धन्दा

खड्काको समूहले घोडाघोडी नगरपालिकामा समेत थुप्रै किसानहरू बाट रकम संकलन गरी पावरटिलर नदिएको पाइएको छ ।

शेयर१९८.५K०

लामो समय देखी कैलाली र कञ्चनपुरका किसानहरूलाई पावरटिलर मेसिन दिने भन्दै रकम असुलेर ठगी गरेको आरोपमा सुरो नेपालकी अध्यक्ष सुशिला खड्का ओझा पक्राउ परेकी छन् ।

खड्का सँगै पावरटिलर बाँड्ने भन्दै किसानबाट रकम असुलीमा संलग्न रहेकी धनगढीको बंग्रा घर भएकी सुनिता चौधरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले उनीहरुलाई शनिवार काठमाडौँबाट पक्राउ गरी कञ्चनपुर ल्याएको जानकारी दिए ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्थानीय किसानको ठगी सम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बोहराले बताए ।

सुशिला खड्काले विभिन्न व्यक्ति, समूह, सहकारीलाई परिचालन गरी प्रति किसानबाट ५० हजारदेखि एक लाख ३० हजार रुपैयाँसम्म रकम संकलन गर्दै आएकी छिन् । उनको समूहले हालसम्म हजारौँ किसानबाट रकम संकलन गरे पनि हालसम्म पावरटिलर नदिएको हो ।
खड्काको समूहले घोडाघोडी नगरपालिकामा समेत थुप्रै किसानहरू बाट रकम संकलन गरी पावरटिलर नदिएको पाइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१९८.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।