मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:०९ Sunday, November २२, २०२६

पहलमानपुर डिभिजन वनका तत्कालीन हाकिम ठाकुरको विवादास्पद जग्गा प्रकरण: बहुमतको झन्डा गाडियो

शेयर४९.३K०

डिभिजन वन कार्यालय, पहलमानपुरका तत्कालीन प्रमुख राम बिचारी ठाकुरको जग्गा नेकपा बहुमतले कब्जा गरेको छ ।

कैलालीको भजनी नगरपालिका–९ का लोकेन्द्र चौधरीको जग्गा जालझेल गरेर आफ्नो नाममा दर्ता गरेको भन्दै नेकपा बहुमतले जग्गा कब्जा गरेको हो ।

नेकपा बहुमत निकट युवा संगठनका नेता दीपेन्द्र ऐरले लोकेन्द्र बहादुर चौधरीको २१ दशमलव १० धुर जग्गा रामबिचारीले आफ्नो नाममा जालझेल गरेर लगेको भन्दै कब्जा गरेको बताए । jhanda

स्रोतका अनुसार ठाकुरले पहलमानपुर डिभिजनमा हुँदा चौधरी सँग २ लाख ५५ हजारको दरभाउमा जग्गा किन्ने सहमति गरेका थिए । तर आफु सरकारी कर्मचारी भएको र सो बराबरको जग्गा खरिद गरेको देखाउन नमिल्ने भन्दै आफुले २ लाख ५५ हजार नै दिने भएपनी १ लाख २५ हजारमा मात्र किनेको देखाउन मिल्ने गरी जग्गा पास गरिदिन चौधरीलाई आग्रह गरेका थिए । चौधरीले ठाकुरको आग्रह अनुसार नै हाकिम ठाकुरको नाममा जग्गा पास गरिदिए तर जग्गा पास गरेपछि भने ठाकुरले पूर्वसहमती अनुसार पैसा नदिएपछि ठाकुरको जग्गा विवाद सतहमा आएको हो । ठाकुर पहलमानपुर डिभिजनमा विवादमा परेपछि सरुवा गरिएको थियो । purja

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर४९.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।