मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:५२ Monday, November २३, २०२६

अछाममा शिक्षकले तलब नपाएपछि परीक्षा रद्द

अछाममा एक विद्यालयका शिक्षकले आफूले तलब नपाएको भन्दै प्रश्न पत्र कब्जा गरेपछि विद्यालयको परीक्षा रद्द भएको हो ।

शेयर९.५K०

अछाममा एक विद्यालयका शिक्षकले आफूले तलब नपाएको भन्दै प्रश्न पत्र कब्जा गरेपछि विद्यालयको परीक्षा रद्द भएको छ । पन्चदेवल विनायक नगरपालिका २ स्थित सरस्वती माध्यमिक विद्यालयको बिहिबार हुने भनिएको विज्ञान विषयको परीक्षा रद्द भएको हो ।

कक्षा ६ देखि १० कक्षा सम्मको त्रैमासिक परीक्षाको प्रश्न पत्र उक्त विषय शिक्षक दमन बुढाले तलब नपाएको भन्दै विद्यालयमा दिन नमान्दा परीक्षा रद्द भएको विद्यालयका प्रधानाध्यापक श्याम बहादुर धामीले जानकारी दिए । विज्ञान विषयका शिक्षक बुढाले ५ महिना देखि तलब नपाएकोले प्रश्न पत्र उपलब्ध गराउन नमानेका हुन ।

बिहान ११ बजेका लागि तोकिएको परीक्षामा विद्यार्थीहरू कक्षा कोठामा प्रवेश गरिसक्दा समेत प्रश्न पत्र प्राप्त नहुँदा एक घण्टा ढिलो गरी सामाजिक विषयको परीक्षा लगिएको हो । विज्ञान विषयको परीक्षा भने अन्योल छ । विज्ञान विषयको परीक्षाको तयारी गरेर गएका विद्यार्थीले सामाजिक विषयको परीक्षा दिनुपर्दा समस्या भएको बताएका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।