मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:३८ Monday, November २३, २०२६

कञ्चनपुरमा प्रहरीकै मोटरसाइकलले व्यवसायीको ज्यान लियो

शेयर१२.८K०

कञ्चनपुरमा शुक्रबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक व्यवसायीको मृत्यु भएको छ भने घटनामा संलग्न प्रहरीका एक घुमुवा (जवान) पक्राउ परेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा कार्यरत प्रहरी जवान सिद्धराज जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार, घुमुवा जोशीले चलाएको बा ६६प ८७८७ नम्बरको मोटरसाइकलले लुप्र ०३–००१ प २८५१ नम्बरको मोटरसाइकलमा सवार व्यवसायी ललितराज जोशीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका ललितराजको घटनास्थलमै मृत्यु भएको थियो।

मृतकका आफन्तले दोषीमाथि कारबाहीको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन्। हाल मृतकको शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।