मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:०८ Monday, November २३, २०२६

बर्दगोरिया गाउँपालिकाले ग¥यो ८६ प्रतिशत बजेट कार्यान्वयन

शेयर१६.५K०

कैलालीको बर्दगोरिया गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा ८६ दशमलव ३८ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । गाउँपालिकालाई यस वर्ष प्राप्त भएको कुल ५० करोड २३ लाख ९ हजार २ सय ६३ रुपैयाँ मध्ये ४३ करोड ३८ लाख ८५ हजार ३ सय २५ रुपैयाँ खर्च भएको हो ।

गाउँपालिकालाई चालु खर्च तर्फ प्राप्त बजेटको ९२ दशमलव ९५ प्रतिशत र पुँजीगत तर्फ प्राप्त बजेटको ७५ दशमलव १४ प्रतिशत रकम कार्यान्वयन गरिएको छ । चालु खर्चतर्फ प्राप्त कुल ३१ करोड ६९ लाख २७ हजार मध्ये २९ करोड ४५ लाख ८३ हजार ५ सय ४९ खर्च भएको छ । यस्तै पुँजीगत खर्चतर्फ प्राप्त कुल १८ करोड ५३ लाख ८२ हजार २ सय ६३ मध्ये १३ करोड ९३ लाख १ हजार ७ सय ७६ रुपैयाँ खर्च भएको छ ।

यस आर्थिक वर्षका लागी गाउँ सरकारले ९सामाजिक सुरक्षा० बाहेक कुल ५६ करोड २० लाखको अनुमानित बजेट ल्याएको भए पनि पालिकालाई भने कुल ५० करोड २३ लाख ९ हजार २ सय ६३ रुपैयाँ मात्रै प्राप्त भएको गाउँपालिकाले जनाएको छ । यस्तै सामाजिक सुरक्षा तर्फ चालु वर्षका लागी अनुमानित बजेट २३ करोड ८१ लाख मध्ये १४ करोड ४७ लाख ८७ हजार ४ सय ५ रुपैयाँ प्राप्त भएको छ भने खर्च शतप्रतिशत भएको भएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१६.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।