मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:१६ Monday, November २३, २०२६

१६ दिनको रोजगारी, नृपको प्रेम र चक्कु प्रहारले याचनाको जीवन सकियो

शनिबार बिहान करिब १० बजे कामकै समयमा रेस्टुरेन्टभित्रै साउदले धारिलो चक्कु प्रहार गरेका थिए।

शेयर१२५.६K०

कैलालीको बर्दगोरिया गाउँपालिका–१, बौनियास्थित राजधानी सेकुवा एण्ड म:म सेन्टरमा कार्यरत १७ वर्षीया याचना सेजवालको हत्या पछाडि प्रेम सम्बन्धमा आएको विवाद रहेको खुलेको छ।

प्रहरीका अनुसार मृतक सेजवाल सो रेस्टुरेन्टमा १६ दिनअघि मात्रै काम गर्न थालेकी थिइन्। त्यही क्रममा किचेनमा कार्यरत ३३ वर्षीय नृप साउदसँग उनी नजिकिएकी थिइन्। प्रारम्भिक अनुसन्धान अनुसार केही समयअघि मात्रै साउदको वैवाहिक सम्बन्ध विच्छेद (डिभोर्स) भएको थियो। डिभोर्सपछि उनी तनावमा थिए भने याचनासँगको सम्बन्धले उनलाई फेरि नयाँ जीवनको आशा दिलाएको प्रहरी स्रोतको भनाइ छ।

सुरुमा मैत्रीपूर्ण सम्बन्धबाट सुरु भएको उनीहरूको सम्पर्क पछिल्ला दिनहरूमा प्रेम सम्बन्धमा परिणत भएको थियो । नृपले आफ्नो डिभोर्स भएको भए पनि अब जीवनमा याचनाले साथ दिने भन्दै पुराना दिन बिर्सिँदै याचनासँगको सम्बन्धलाई प्रगाड बनाउँदै अघि बढेका थिए ।

तर पछिल्ला केही दिनदेखि याचनाले अन्य केटाहरूसँग भिडियो कल , च्याट गर्ने गरेको देखेपछि साउद असन्तुष्ट बनेको प्रहरीले जनाएको छ। सोही कुराबाट दुईबीच मनमुटाव सुरु भएको थियो।

(हिजो) शुक्रबार राति मात्रै भाग्ने सहमति भएका दुवैबीच अन्तिम समयमा याचना पछि हटेपछि नृप थप आक्रोशित बनेका थिए। शनिबार बिहान करिब १० बजे कामकै समयमा रेस्टुरेन्टभित्रै साउदले धारिलो चक्कु प्रहार गरेका थिए।

गम्भीर घाइते भएकी याचनालाई तत्काल उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भयो।

नृप साउदलाई प्रहरीले घटनापछि तत्कालै नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। याचनाको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२५.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।