मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:२७ Sunday, November २२, २०२६

१४ वर्षदेखि फरार ओली, इन्सपेक्टर भण्डारीको फन्दामा

शेयर१२.९K०

कर्तव्य ज्यान मुद्दामा ३ वर्ष कैद सजाय पाएका ६४ वर्षीय मनबहादुर ओली १४ वर्षपछि पक्राउ परेका छन्।

गंगादेव गाउँपालिका–३, साँझरखोला निवासी ओलीलाई जिल्ला अदालत रोल्पाले २०६८ वैशाख १५ गते ३ वर्ष सजाय सुनाएको थियो। त्यसयता उनी फरार थिए।

इलाका प्रहरी कार्यालय घर्तिगाउँका प्रहरी निरीक्षक देवसिंह भण्डारीको कमाण्डमा खटिएको टोलीले साउन २४ गते बिहान १०:३० बजे ओलीलाई उनको आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।

अदालतमा पेश गरेपछि उनलाई सजाय भुक्तानका लागि जिल्ला कारागार रोल्पा चलान गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।