मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:२३ Sunday, November २२, २०२६

तिजले सामाजिक, सांस्कृतिक एकतालाई बलियो बनाउँछ : प्रदेश प्रमुख मियाँ

शेयर८.६K०

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले तिज पर्वले सामाजिक र सांस्कृतिक एकतालाई अझ सबल बनाउने विश्वास व्यक्त गरेका छन् ।

हरितालिका (तीज)–२०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख मियाँले तिज पर्वले महिलाको सम्मान वृद्धिसँगै पारिवारिक प्रेम, स्नेह र आत्मीयता अभिवृद्धि गर्दै आएको उल्लेख गरे ।

उनले नेपालीबीच आपसी प्रेम, बन्धुत्व र एकताको भावना अझ बलियो बनाउने विश्वास समेत व्यक्त गरेका छन् ।

‘सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा परापूर्वकालदेखि मनाउँदै आइएको यस पर्वले मौलिक संस्कृतिको र परम्पराको संरक्षण, सम्बर्द्धन र विकासमा टेवा पु¥याउनुका साथै समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सबल रूपमा अघि बढाउँदै सामाजिक र सांस्कृतिक एकता तथा पारिवारिक प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै जाने विश्वास लिएको छु,’ प्रदेश प्रमुखले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

शुभकामना सन्देशमार्फत प्रदेश प्रमुख मियाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपाली दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु र सौभाग्यको शुभकामना दिएका छन् ।

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिजमा अविवाहित नारीले योग्य वर प्राप्त गर्न र विवाहित नारीले पारिवारिक सुख–समृद्धि तथा दीर्घायु जीवनको कामना गर्दै व्रत बस्ने चलन रहेको छ ।

भगवान् शिवको पूजा–आराधना गर्दै नाचगान र हर्षोल्लासपूर्वक मनाइने यो पर्व प्राचीनकालदेखि नै धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेर आएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।