मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:५७ Monday, November २३, २०२६

आसाममाथि नेपाल ‘ए’ को लगातार दोस्रो जित

शेयर४.५K०

भारतको गुवाहाटीमा जारी टी-२० सिरिजमा नेपाल ए ले आसाममाथि लगातार दोस्रो जित निकालेको छ ।

शनिबार भएको तेस्रो खेलमा नेपालले आसामलाई ९ रनले पराजित गरेको हो । नेपालले दिएको १९७ रनको बलियो लक्ष्य पछ्याएको आसाम २० ओभरमा १८७ रनमा अलआउट भयो ।

आसामका निहार डेकाले सर्वाधिक ४० रन बनाए । कप्तान सुमित घडिअन्करले ३६, अब्दुल कुरेशीले अविजित ३१ तथा साहिल जेनले २४ रन बनाए ।

नेपालका आकाश चन्द, बसिर अहमद, कमलसिंह ऐरी र विवेक कुमार यादवले २-२ विकेट लिँदा मोहमद आदिल आलमले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

नेपाल ए का लागि सन्दीप जोराले सर्वाधिक ७४ रन बनाए । आदिलले १४ बलमा विस्फोटक ३५ रन बनाए ।

आसामका आकाश सेनगुप्ताले २ विकेट लिए । मृन्मय दत्ता, अभिनव चौधरी र शिवशंकर रोयले १-१ विकेट लिए ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो ।

नेपाल ए ले आसामसँग कुल ५ खेल खेल्नेछ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर४.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।