मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:५३ Monday, November २३, २०२६

अत्तरियामा कर्मचारीमाथि खुकुरी प्रहार, धनगढीको ‘कोब्रा सरकार ग्याङ’ पुनः सक्रिय – सन्नी सहित १० पक्राउ

शेयर११.९K०

कैलालीको गोदावरी नगरपालिका–४ मा होटलमा डडेल्धुराका गौरव ऐरमाथि चक्कु प्रहार गरेको घटनामा प्रहरीले १० जनालाई गएराति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ बस्ने सन्नी नेपाली समेतका छन् । प्रहरी स्रोतकाअनुसार भारततर्फ भागिरहेको अवस्थामा उनीहरूलाई सीमा नजिकैबाट पक्राउ गरिएको हो ।
यो घटनामा पक्राउ परेका नेपालीको ग्याङ कोब्रा सरकारका नामले परिचित छ । त्यसको नेतृत्व सन्नी नेपालीले गर्दै आएको प्रहरीले जनाएको छ । यो समूहले गत वर्षको फागुनमा अत्तरियामा विद्युतका कर्मचारीमाथि समेत दिनदहाडै खुकुरी प्रहार गरेको थियो ।

अत्तरियास्थित विद्युतको नो लाइटमा कार्यरत सुन्दरलाल चौधरीमाथि कोब्रा सरकारका युवाहरूले खुकुरी प्रहार गरेका थिए ।

चौधरीको जाहेरीले प्रतिवादी रहेका सन्नी नेपाली त्यहीँ बेलादेखि प्रहरीको फरार सूचीमा थिए । खुकुरी प्रहार गर्ने मध्येका प्रविन शाही भने त्यही बेला पक्राउ परेका थिए ।

उनी राजनीतिक दलका नेताको संरक्षणमा रहेको दाबी गरिन्छ । फरार भएकै अवस्थामा उनकै समूहले हतियार प्रहारको दोस्रो घटना गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । घाइते ऐरको भारतमा उपचार जारी छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।