मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:१२ Monday, November २३, २०२६

जोशीपुरमा घरेलु विवादले लियो ज्यान — श्रीमतीको हातबाट श्रीमानको हत्या

शेयर२७.२K०

कैलालीको जोशीपुर गाउँपालिका–३ लकडमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन्। शनिबार राति करिब ११ बजे घरायसी सामान्य विवादका क्रममा ३५ वर्षीया सुनिता देवी कठरियाले आफ्ना ५० वर्षीय श्रीमान लखनलाल कठरियालाई हतौडा प्रहार गर्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि टीकापुर अस्पताल पुर्‍याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र बहादुर साउँदका अनुसार घटनास्थलबाट प्रयोग गरिएको हतौडा बरामद गरिएको छ र आरोपी श्रीमतीलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ।

“हामी प्रारम्भिक अनुसन्धानमै छौं, धेरै कुरा खुलेको छैन,” निरीक्षक साउदले बताए।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२७.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।