मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ४:४४ Sunday, November २२, २०२६

गैडाखेडालाई २–० ले हराउँदै आयोजक कपिलमुनी युवा क्लब च्याम्पियन

शेयर२१.८K०

कैलालीको घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरमा सम्पन्न चौथो कपिलमुनी खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक कपिलमुनी युवा क्लब लक्ष्मीपुरले हात पारेको छ । मंगलबार भएको फाइनल खेलमा आयोजक टिमले सिता कुवा युवा क्लब गैडाखेडालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।

विजेता बनेको कपिलमुनी युवा क्लबले ३५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता सिता कुवा युवा क्लब गैडाखेडाले २० हजार रुपैयाँ नगद पुरस्कारमा सीमित भयो ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । inbound2037506788229196049inbound5999773858872972884

 

 

 

 

 

 

inbound6594482253377681125“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ शुभदिपावली तथा छठ पर्वको अवसरमा कपिलमुनी युवा क्लब लक्ष्मीपुरले प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगिताको समापन समारोहमा क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत गत असोज २४ गते राति घोडाघोडी नगरपालिका–८ जरैमा हत्या भएका स्व. केशरबहादुर बुढाको परिवारका लागि आर्थिक सहयोग पनि गरेको छ । दर्शकहरूबाट संकलित ५ हजार १ सय रुपैयाँ र क्लबको तर्फबाट थप ५ हजार रुपैयाँ गरी १० हजार १ सय रुपैयाँ स्व. बुढाको परिवारलाई राहतस्वरूप प्रदान गरिएको क्लबले जनाएको छ ।

समापन समारोहका प्रमुख अतिथि घोडाघोडी नगर प्रमुख खडकबहादुर रावतले खेलकुदले युवालाई अनुशासित, जिम्मेवार र स्वाभिमानी बनाउने बताए । उनले खेलाडी जीवनमा अनुशासनको महत्त्व जोड्दै खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका निरन्तर काम गरिरहेको उल्लेख गरे ।

नगर प्रमुख रावतले भने, “लागूपदार्थ दुर्व्यसनले धेरै युवाको जीवन बिग्रँदै गएको छ, त्यसको रोकथामका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्न जरुरी छ । खेलकुद नै युवालाई असल नागरिक बनाउने प्रभावकारी माध्यम हो।”

कार्यक्रममा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने व्यक्तिहरू तथा संस्थाहरूलाई सम्मानपत्र र कदरपत्र प्रदान गरिएको थियो ।

समापन समारोहको अध्यक्षता कपिलमुनी युवा क्लबका अध्यक्ष जयराज गरीले गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रशान्त थापाले गरेका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२१.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।