मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:०९ Sunday, November २२, २०२६

कैलालीमा नवआएका प्रहरी अधिकृतहरुलाई एसपी चन्दले गरे स्वागत

प्रहरी संगठनमा सरुवा तथा काजपछि जिल्लामा हाजिर भएका अधिकृतहरुलाई जिल्ला प्रहरी प्रमुख नरेन्द्र चन्दले शुभकामना सहित विभागीय निर्देशन दिएका हुन् ।

शेयर१५.९K०

जिल्ला प्रहरी कार्यालय कैलालीले सरुवा तथा काज आदेशअनुसार जिल्लामा हाजिर भएका विभिन्न प्रहरी अधिकृतहरुलाई स्वागत गरेको छ । प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागको सरुवा/काज पत्र बमोजिम जिल्लामा हालै हाजिर भएका अधिकृतहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी ) नरेन्द्र चन्दले स्वागत गरेका हुन ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय टीकापुरमा हाजिर भएका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगी, इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक खगेन्द्र साउद, इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक खेम बिक्रम के.सी., जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सुरज रोकाया, इलाका प्रहरी कार्यालय चिसापानीकी प्रहरी निरीक्षक मीरा खड्का, इलाका प्रहरी कार्यालय सडकपुर बौनियाका प्रहरी निरीक्षक डम्बर बिष्ट र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहलाई स्वागत गरिएको थियो । inbound2652467943909934776inbound1931785065827252225inbound6105413550776992145inbound8634306609988832417inbound2853343328376735685प्रहरी उपरीक्षक चन्दले सबै नवआएका अधिकृतहरुलाई आगामी कार्यकालका लागि सफलताको शुभकामना दिँदै आवश्यक विभागीय निर्देशन समेत दिएका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१५.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।