मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो २:४६ Sunday, November २२, २०२६

एनपीएलमा आज पूर्वका दुई र पश्चिमका दुई टिम भिड्दै

शेयर६.७K०

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । दुवै खेल ‘डर्बी’का रूपमा रहेको हुँदा आजको दिनलाई ‘डर्बी डे’ पनि भनिएको छ ।

आज पूर्वका दुई टिम– विराटनगर किङ्स र जनकपुर बोल्ट्स तथा पश्चिमका दुई टिम– कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

पहिलो खेल विहान पौने १२ बजेदेखि विराटनगर र जनकपुरका बीचमा हुनेछ । हालसम्म २ खेलमा २ जित निकालेको विराटनगर तेस्रो जितको खोजीमा रहनेछ भने पहिलो खेलमा पराजित भएको जनकपुर आज दोस्रो खेल खेल्दा जितको खोजीमा हुनेछ ।

यी दुई टोली गत संस्करण उद्घाटन खेलमै भिडेका थिए । उक्त खेलमा जनकपुर ८ विकेटले विजयी भएको थियो ।

यस्तै आजै दोस्रो खेल कर्णाली र सुदूरपश्चिमका बीचमा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ ।

कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ ।

पहिलो संस्करणमा भएको एक खेलमा सुदूरपश्चिमले कर्णालीमाथि ६ विकेटको जित निकालेको थियो ।

यस्तो छ अंकतालिका

एनपीएल २०२५ मा हालसम्म ८ खेल सम्पन्न भएका छन् । जनकपुरले १ खेल मात्र खेल्दा काठमान्डु गोर्खाजले ३ खेल खेलेको छ । बाँकी सबै टिमले २–२ खेल खेलेका छन् ।

हालसम्म २ खेल खेल्दा २ जित निकालेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स ४ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् । नेटरनरेटमा विराटनगर अघि छ ।

२ खेलमा १ जित र १ हारको नतिजासहित कर्णाली याक्स, चितवन राइनोज, काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स क्रमशः तेस्रो, चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।

१ खेलमा १ हार बेहोरेको जनकपुर बोल्ट्स सातौं तथा २ खेलमा हार बेहोरेको पोखरा एभेन्जर्स आठौं स्थानमा छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर६.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।