मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:०६ Monday, November २३, २०२६

विपन्न तथा टुहुरा बालबालिकालाई घोडाघोडी–३ को शैक्षिक सहयोग, ४२ विद्यार्थी लाभान्वित

शेयर११.८K०

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ ले आर्थिक सहयोगका लागि छुट्याएको बजेटबाट वडामा रहेका आधारभूत विद्यालयका गरिब तथा टुहुरा ४२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। inbound1920606320768553273वडाले प्रति विद्यार्थी एक थान झोला, एक दर्जन कापी तथा एकजोड स्कुल ड्रेस वितरण गरेको हो। inbound1912987634487554603वडा नम्बर ३ अन्तर्गतका चार वटा सामुदायिक विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको अवस्थाका आधारमा नामावली छनोट गरी पेश गरेका थिए।विद्यालयले पठाएको विवरणको आधारमा वडाले ती बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराएको वडा अध्यक्ष कृष्ण प्रसाद गौतमले जानकारी दिए।

सामग्री वितरण कार्यक्रममा नगरपालिकाको शिक्षा शाखाका अधिकृत उमेशराज रेग्मी, वडा सचिव, वडा सदस्यहरू, विद्यालयका प्रतिनिधि तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।