मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:१८ Sunday, November २२, २०२६

मुख्यमन्त्री शाहद्धारा कैलालीका चार आयोजना शिलान्यास

शेयर१२.४K०

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विहिबार चार वटा आयोजनाको सुरुवात गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकामा ती आयोजनाको सुरुवात मुख्यमन्त्री शाहले गरेका हुन्।

आर्थिक वर्ष २०८१-८२ मा बजेट विनियोजन गरी ठेक्का लागेका तर काम सुरु नभएका आयोजनाको मुख्यमन्त्री शाहले शिलान्यास गरेका हुन् । टीकापुर–जानकी–लम्कीचुहा गरी तीन पालिका जोडने टीकापुर–डुडेझारी सडक निर्माणका लागि छ करोड नौ लाख २१ हजार रुपियाँमा केएएस–अपी–श्रीपुर जेभीले ठेक्का पाएको छ । उक्त बजेटमा नालीसहित साढे तीन किलोमिटर सडक कालोपत्रे हुँदैछ। जसको निर्माण अवधी २०८३ पुस २४ गतेसम्म रहेको छ ।

टीकापुर डुडेझारी सडकको आयोजना शिलान्यास गर्दै मुख्यमन्त्री शाहले अग्रज नेताहरुले काम सुरु गरेका सडकहरु निर्माणमा चासो दिन स्थानीय तहका जनप्रतिनिधि र जनतालाई आग्रह गरे। साथै उनले सम्झौता अवधीमै काम पूरा गर्न निर्माण कम्पनीहरुलाई निर्देशन समेत दिएका छन्। जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले दुई वा दुई भन्दा बढी पालिका जोडने सडक प्रदेश सरकारको जिम्मेवारीमा भएकाले बाटो बनेमा धुलो र हिलोबाट मुक्ति पाइने बताए ।

मुख्यमन्त्री शाहले पूर्वपश्चिम राजमार्गबाट रानी जमरा हाइड्रो–जगतपुर हुँदै टीकापुर जोडने केशरमार्गको सुरुवात गरेका छन्। यस्तै लम्कीचुहा नगरपालिका देखि मोहन्याल गाउँपालिकाको पर्यटकीय क्षेत्र राजकाँडासम्म दुई किलोमिटर ६०० मिटर सडक कालोपत्रे योजनाको शिलान्यास गरेका छन्। चार करोड ५६ लाख ९३ हजार ४४१ रुपियाँको लागतमा बन्ने उक्त सडक २०८३ पुस २५ सम्म सक्ने गरी एसी–एनएनएस– एचबी जेभी सुर्खेतले ठेक्का पाएको छ ।

मुख्यमन्त्री शाहले जानकी गाउँपालिकाको सिमाना अमौरा थापापुर चौरी चाकावाणी हुँदै सेती राजमार्ग जोडने लम्कीचुहा रिङरोडको पनि शिलान्यास गरेका छन्। २ किलोमिटर ७०० मिटर नालीसहितको सडक कालोपत्रे गर्न चार करोड ३६ लाख ६४ हजार ५३० रुपियाँमा तुलसी–निराजन जेभी टीकापुरले ठेक्का पाएको छ । उक्त सडक २०८३ असार २५ गतेसम्म पूरा गर्ने सम्झौता छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।