मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:२६ Monday, November २३, २०२६

अत्तरियाबाट साढे ७ किलो चरेससहित चार जना पक्राउ

शेयर७.३K०

कैलालीको अत्तरिया बाट साढे ७ किलो चरेससहित चार जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका–२ अत्तरिया बजारमा रहेको नमस्ते अन्नपूर्ण होटलबाट शुक्रबार साँझ साढे ६ बजे चरेससहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बझाङको छबिसपाथीभेरा गाउँपालिका–७ का बमबहादुर धामी(२९), ५ बस्ने जनक जाग्री(४२) , सुर्मा गाउँपालिका–३ का अमृत बोहरा(२५) र दार्चुलाको महाकाली नगरपालिका–२ का रूपसिंह सितोली(५०) रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले बताए ।

उनकाअनुसार होटलमा चरेसको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा खटिएको टोलीले चारै जनालाई होटलबाटै नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट एउटा डिजिटल तराजु समेत बरामद गरिएको छ । पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर७.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।