मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:२८ Monday, November २३, २०२६

रोजगारी गर्न भारत जानेको लर्को

शेयर७.८K०

रोजगारीका लागि स्वदेश छाड्नेहरूको क्रम बढ्दै गएको बेला कञ्चनपुरको बेलौरीका एकै गाउँका १८ जना बिहीबार मजदुरी गर्न भारत पसेका छन् । बेलौरी नगरपालिका–९, डाँडा कुन्डाका १८ जना एकै दिन मजदुरीका लागि कफी टिप्न भारतको दक्षिणी पहाडी क्षेत्र केरला गएका हुन् । सिजन अनुसारको कामका लागि मजदुरी गर्न भारत गएको उनीहरूले बताएका छन् । यहाँका स्थानीय अम्मर भारतीले घरखर्च धान्नका लागि कफी टिप्न भारतस्थित केरला गएको बताए । उनी तीन वर्षीय छोरालाई घरमै छोडेर श्रीमतीसँगै केरला गएका हुन् ।
“केरलाबाट कमाएको पैसाले घर खर्च धान्न सहज हुने छ” उनले भने, “बचेको केही रकमबाट आवश्यक सामग्रीसहित टेलिभिजन लगायतका उपकरण खरिद गर्ने सोच बनाएको छु ।” कुन्डाका १८ जना बिहीबार यहीबाट एउटै गाडीमा भाडा तिरेर केरलाका लागि हिँडेका थिए । उनीहरूले केरलामा आवश्यक पर्ने सामग्री घरबाटै तयार गरेर लगेको बताएका छन् । कफी टिप्नका लागि कञ्चनपुरका विभिन्न क्षेत्रबाट बर्सेनि युवायुवतीहरू भारतको केरला जाने गरेका छन् । जसबाट उनीहरूले सिजनमा एक लाख भारतीय रुपियाँसम्म बचत हुने गरेको बताएका छन् । घरमा तीन वर्षीय छोरालाई छाडेर कुन्डाका गङ्गा चौधरी पनि केलर पसेका हुन् ।
सामुदायिक वनमा हेरालुको काम गर्दै आएका अजव भारती पनि राजीनामा दिएर मजदुरी गर्न केरला गएको बताउँछन् । यहाँका अधिकांश युवायुवतीहरू रोजगारीको सिलसिलामा वर्षौदेखि खाडी मुलुक पसेका छन् । बिहीबार एकै दिन १८ जना भारत गएपछि गाउँ नै युवाविहीन बनेको यहाँका स्थानीय शङ्कर भारतीले बताए । अरू समयमा भने बेरोजगार युवाहरू भारतको हरियाणा, दिल्ली, मुम्बइ लगायतको क्षेत्रमा काम गर्दैआएका छन् । हाल सिजनअनुसारको कामका लागि मजदुरी गर्न उनीहरू केरला गएको यहाँका स्थानीय चन्द्रबहादुर महराले बताए ।

सरकारले रोजगारीको अवसर प्रदान गर्न नसक्दा युवायुवतीहरू बर्सेनि बाहिरिने क्रम बढ्दो क्रममा रहेको भन्दै स्थानियले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर७.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।