मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:५० Monday, November २३, २०२६

सुदूरपश्चिम सरकारका तर्फबाट मुख्यमन्त्री शाहले अर्थमन्त्री खनालसमक्ष राखे यी माग

शेयर६.२K०

सुदूरपश्चिम प्रदेशमा धान खरिद र मल अनुदानको कोटा बढाइदिन माग गरिएको छ । नेपाल सरकारका अर्थमन्त्री रामेश्वर खनालसंग कैलालीको धनगढीमा भएको भेटवार्ताका क्रममा सुदूरपश्चिमका मुख्यमन्त्री कमबलबहादुर शाहले यस्तो माग राखेका हुन् ।
धान खरिदको कोटा अपर्याप्त भएको भन्दै सुदूरपश्चिमका किसानहरूलाई राहत मिल्ने गरी थप धान खरिद कोटा ५० हजार क्विन्टलले बढाइदिन मुख्यमन्त्री शाहले आग्रह गरे । यसवर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुदूरपश्चिमका लागि ३५ हजार क्विन्टल कोटा तोकेको थियो । खाद्यले ३८,९४८ क्विन्टल खरिद गरिसकेको छ ।

यस्तै मलखादको अनुदान कोटा १३ प्रतिशत हुनुपर्नेमा हाल ६ प्रतिशतमा सीमित भएकाले तत्काल समाधान खोजिदिन पनि आग्रह गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
साथै मुख्यमन्त्री शाहले डडेल्धुरा सदरमुकामको सडक स्तरोन्नति गर्न अविलम्ब ठेक्का प्रक्रिया अगाडि बढाई योजनालाई बहुवर्षिय बनाउन अनुरोध गरेका थिए ।

भेटवार्तामा प्रदेशका विकास आयोजना, कृषि तथा आर्थिक व्यवस्थापनका विषयमा छलफल भएको थियो । २४ गतेको आगजनीबाट भएको क्षति, अर्थ मन्त्रालयको परिपत्रअनुसार प्रदेश मुख्यमन्त्री, मन्त्रीहरू एवं प्रदेशसभा सदस्यहरूको सेवासुविधा कटौती, प्रहरी समायोजन ऐन, निजामती ऐन, प्रदेश सरकारले गरेका खर्च कटौतीका प्रयास लगयतका विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर६.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।