मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:४९ Monday, November २३, २०२६

टीकापुरबाट खैरो हेरोइनसहित ३ जना पक्राउ

शेयर७.९K०

कैलालीको टीकापुरबाट खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौला चेकपोष्ट नजिकबाट टीकापुर नगरपालिका–८ कर्मीडाडा बस्ने ३१ वर्षीय प्रविण साउद र २६ वर्षीय धनबहादुर चौधरी पक्राउ परेका हुन्। उनीहरुको साथबाट ८६० मिलिग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित दुवै जनालाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी टीकापुर नगरपालिका–९ बालुवाटार चोक स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने २८ वर्षीय कृष्णबहादुर साउदलाई ४ ग्राम ५० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर७.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।