मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:४० Monday, November २३, २०२६

घोडघोडीमा ट्याक्टरले डल्लबलाई ठक्कर दिँदा एक जनाको मृत्यु

शेयर२३.२K०

घोडाघोडीमा ट्याक्टरले डल्लबलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

नगरपालिकाको वडा नमबर १० स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको से १ त ५९०६ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको घोडघोडी नगरपालिका–९ सिखरझाला बस्ने ५२ वर्षीय अजुवा सार्कीले चलाएको गोरू डल्लबलाई बिहीवार ठक्कर दिई दुर्घटना हुँदा अजुवा सार्की गम्भिर घाइते भएका थिए।

घाइते सार्कीलाई उपचारको लागि सि.एस.अस्पताल सुखड हुँदै निसर्ग अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ट्याक्टर साहु घोडाघोडी नगरपालिका–९ रतिपुर बस्ने २५ वर्षीय मंगल बटालालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको र ट्याक्टर चालक फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ। ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२३.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।