मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:४५ Sunday, November २२, २०२६

कञ्चनपुरबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

शेयर७K०

कञ्चनपुरबाट खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन्।

जिल्लाको लालझाडी गाउँपालिका(२ कञ्जबाट सोही ठाउँ बस्ने २८ वर्षीय छोट राम डगौरालाई २६० मिलिग्राम खैरो हेरोइनसहित आइतवार प्रहरीले पक्राउ गरेको हो। डगौरालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी पुनर्वास नगरपालिका–५ दोदापुल स्थित बेलौरीबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ह १९५० नम्बरको अटोलाई चेकजाँच गर्दा अटो चालक पुनर्वास नगरपालिका–१० बस्ने २२ वर्षीय रोसन सिंह साउद, अटोमा सवार पुनर्वास नगरपालिका–११ बस्ने २० वर्षीय कैलाश खत्री र धनगढी उपमहानगरपालिका–२ बस्ने १८ वर्षीय किशोर खैरो हेरोइनसहित पक्राउ परेका हुन्। तिनै जनालाई १५० मिलिग्राम खैरो हेरोइनसहित फेला पारी इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।