मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:३६ Sunday, November २२, २०२६

घोडाघोडी बहुमुखी क्याम्पस सञ्चालक समिति निर्वाचन सम्पन्न, अध्यक्षमा न्युरे विजयी

न्युरेले २ सय ७७ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी डबल शाहलाई पराजित गरेका हुन्।

शेयर३८.१K०

कैलालीको घोडाघोडी नगरपालिकामा अवस्थित घोडाघोडी बहुमुखी क्याम्पसको क्याम्पस सञ्चालक समितिको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। निर्वाचनबाट अध्यक्षमा लक्ष्मण न्युरे विजयी भएका छन्।

न्युरेले २ सय ७७ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी डबल शाहलाई पराजित गरेका हुन्। शाहले १८८ मत प्राप्त गरेका छन् । न्युरे प्यानल सहित गठबन्धनका साझा उम्मेदवार थिए।

उपाध्यक्षमा आयुष जोशी २ सय ३४ मतका साथ विजयी भएका छन् भने उनका प्रतिस्पर्धी भानुभक्त आचार्यले २ सय २३ मत प्राप्त गरेका छन्।

महिला सदस्यतर्फ राधा पाण्डे बिनाडीले २३२ मत प्राप्त गरी विजयी भएकी छन्। उनका प्रतिस्पर्धी नारायणी गौतमले २२३ मत प्राप्त गरेकी छन् ।

यस्तै लेखा परीक्षण टोली संयोजक पदमा भोजराज जोशी विजयी भएका छन्। उनले २२७ मत प्राप्त गर्दा हेमन्त शाहीले २२१ मत प्राप्त गरेका छन्। लेखा परीक्षण टोली संयोजक बाहेकका पदमा भने न्युरे नेतृत्वको प्यानल सहित गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्।

यसअघि नै सञ्चालक समितिका ७ जना सदस्य भने निर्विरोध निर्वाचित भइसकेका थिए ।

विजय भएसँगै न्यूरेले क्याम्पसको शैक्षिक गुणस्तर सुधार, पारदर्शी व्यवस्थापन तथा विद्यार्थी हक हितका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचन शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर३८.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।