मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:२४ Monday, November २३, २०२६

कञ्चनपुरमा समयमै उद्दार नहुँदा नदीमा फसेकाे डमरूकाे मृत्यु 

शेयर११.८K०

कञ्चनपुरमा समयमै उद्दार नहुँदा नदीमा फसेकाे बाघकाे डमरूकाे मृत्यु भएको छ ।

दोधाराचाँदनी नगरपालिका–१ काे चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिकै जाेगबुढा नदीमा फसेको बाघको डमरूकाे मृत्युु भएको हाे ।

नदीकाे हिलो र पानीमा फसेको अवस्थामा बुधबार बिहान डमरू भेटिएको थियोे ।

स्थानीयले तत्कालै डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई खबर गरिएको थियोे तर दुवै निकायबाट उद्दारमा ढिलाइ भएपछि डमरूकाे मृत्यु भएको हाे ।

अहिले राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय भने आराेपप्रत्याराेपमा उत्रिएका छन् ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीले राष्ट्रिय प्रकृति संरक्षण काेष र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकाे लापरवाहीका कारण डमरूकाे मृत्युु भएको दाबी गरे ।

उनले डमरू नदीमा फसेकाे अवस्थामा रहेकाे थाहा पाएपछि आफू उद्दारका लागि घटनास्थल जान खाेजेपनि सशस्त्र प्रहरीले राष्ट्रिय निकुञ्जका वार्डेनकाे अनुमति बिना जान नदिने भन्दै राेकेकाे बताए ।

निकुञ्जले आफू पनि उद्दार नगर्ने र वनकाे टाेलीलाई समेत राेकेकै कारण डमरूकाे मृत्यु भएको बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चाैधरीले डमरूकाे उद्दारका लागि ढिलाइ भएको भन्ने कुरामा सत्यता नभएको दाबी गरेका छन् ।

दिउँसो २ बजेतिर डमरू नदीमा फसेकाे खबर प्राप्त भएपछि चिकित्सकसहितकाे प्राविधिक टाेली घटनास्थल पुगेकाे बताए ।

तर, बगेनी समेत घटनास्थल वरपर भएका कारण माउले नै डमरू लगाेस् भन्ने काेणबाट प्राविधिकले रेकी गरेर बसेपनि कुर्दाकुर्दै मृत्युु भएको बताए ।

“उद्दार टाेली नगएकाे भन्ने कुरा गलत हाे । चिकित्सकसहित हाम्रो प्राविधिक टाेली समयमै घटनास्थल पुगेको थियाे,” चाैधरीले भने,” माउ पनि वरिपरि भएकाले बच्चा माउले नै लगाेस् भन्ने काेणले रातिसम्म प्राविधिक टाेली कुरेर बसेकाे थियाे तर डमरूकाे दु:खद मृत्यु भयाे।”

उनकाअनुसार मृत्युु भएको डमरूकाे उमेर करीब दुई महिनाकाे थियो ।

बगेनी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकाे नभएर भारतबाट डमरू खेलाउने त्यहाँ पुगेकाे उनी बताउँछन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अहिले ४४ बाघकाे संरक्षण गरेर राखिएकाे छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।