मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:०१ Sunday, November २२, २०२६

कैलालीमा सघन रुपमा प्रचार प्रसार अभियानमा जुट्यो एमाले

शेयर१०.९K०

नेपाल कम्युनिष्ट पार्टी एमालेले आगामी २१ ते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कैलालीका ५ वटै निर्वाचन क्षेत्रमा प्रचार प्रसार अभियानलाई सघन रुपमा अघि बढाउँदै लगेको छ ।

पार्टीले टोलस्तरीय बैठक, भेला, निर्वाचन परिचालन समिति, उपसमिति गठन लगायतका काम एकसाथ अघि बढाएको छ ।

एमालेका केन्द्रिय, प्रदेश स्तरका तथा स्थानीय नेताहरू मतदातासँग प्रत्यक्ष संवादमा जुट्दै विगतका उपलब्धि र आगामी योजनाबारे जानकारी गराइरहेका छन् । यस्तै युवा, महिला र किसानलाई लक्षित कार्यक्रममार्फत समेत एमाले सघन रुपमा मतदातामाँझ पुगि रहेको एमाले प्रदेश सचिव रणबहादुर चन्दले बताए ।

पर्टीको तर्फबाट उम्मेदवार बनेका उम्मेदवारले जनतामाँझ गएर जनताका समस्या र आवश्यकताको पहिचान गर्दै आगामी योजना बारे जानकारी लिइरहेको चन्दले बताए ।

यसै क्रममा बिहीबार नेपाल कम्युनिष्ट पार्टी कैलालीले स्थानीय विकास विभागले एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको भेला आयोजना गरेको छ । भेलाले पछिल्लो विकसित राजनीतिक परिस्थितीको विश्लेषण गर्दै निर्वाचनको आचार संहिताको पूर्णपालना गरी अघि बढ्ने जनाएको छ ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको भेलाको प्रमुख अतिथीका रुपमा एमाले केन्द्रीय सदस्य कैलाली संयोजक एवम् राष्ट्रिय सभा सदस्य लिला भण्डारी रहेका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।