मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:२० Sunday, November २२, २०२६

कञ्चनपुरमा विहे गरेकाे दुई सातामै युवती मृत फेला

शेयर९.२K०

कञ्चनपुरमा विवाह भएको दुई सातामै एक नवविवाहिता आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन्।

शुक्लाफाँटा नगरपालिका–७ कालापानीकी २२ वर्षीया विन्दु धामीको शंकास्पद अवस्थामा मृत्यु भएको हो। उनको १४ फागुन २०८२ मा कृष्णपुर नगरपालिका–७ मटैयाकटानका २९ वर्षीय भीम धामीसँग मागीविवाह भएको थियो।

विवाह भएको करिब १४ दिनपछि, २७ फागुनमा उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी हुन्। मृतककी हजुरआमा तारा धामीले विवाहको खुसी मनाउन नपाउँदै नातिनीको शंकास्पद मृत्यु भएको बताइन्।

उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन्। विन्दु कक्षा १२ मा अध्ययन गर्दै ब्युटी पार्लरको तालिम पनि लिइरहेकी थिइन्।

माइती पक्षका अनुसार कुटुम्ब आएपछि परम्पराअनुसार विवाह गरिएको थियो। तर विवाह भएको छोटो समयमै मृत फेला परेको घटनामा श्रीमानमाथि शंका लागेको उनीहरूको भनाइ छ।

मृतकका हजुरबुबा प्रेमसिंह धामीले घटनालाई रहस्यमय बताएका छन्। उनले नातिनीको शरीरमा रगत देखिएको भन्दै घटना शंकास्पद रहेको बताए।

इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज राजेश बस्नेतका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। शवको पोस्टमार्टम भइसकेको र यसको रिपोर्ट आइतबारसम्म आउने अपेक्षा गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।