मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:४७ Sunday, November २२, २०२६
LIVE

बाजुरामा ढुंगाले हानेर बुवा-छाेराले गरे युवकको हत्या

शेयर८.८K०

बाजुरामा  ढुंगा प्रहार गरि  एक युवकको हत्या गरिएको छ ।

स्वामीकार्तिक गाउँपालिका-२ पुडेनीका ३५ वर्षीय सर्वाश बुढाको  टाउकोमा ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमबहादुर विष्टले  स्थानीय धनबहादुर महतरा र उनका छोरा हेमराज महतराले कुटपिट गरी बुढाकाे ढुंगाकाे प्रहार गरेकाे बताए ।

बुढाको घटनास्थलमै मृत्यु भएको उनले बताए । घटनाबारे वडा अध्यक्ष विष्णुबहादुर बुढाले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मुक्तिकोटबाट प्रहरी नायब निरीक्षक रविन्द्र धामीको नेतृत्वमा टोली खटिएको थियो। प्रहरी टोली घटनास्थल पुगेर धनबहादुर महतरालाई नियन्त्रणमा लिएको छ ।

कुटपिटमा संलग्न रहेका उनका छोरा हेमराज महतरा भने फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।