मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:५६ Monday, November २३, २०२६

इनिशाको शव अस्पतालमै

शेयर१२.५K०

गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ को जनजागरण सामुदायिक वनका मृत भेटिएकी १६ वर्षीय इनिशा विकको शव अझै उठेको छैन।

स्वतन्त्र र निष्पक्ष छानबिन, घटनामा संलग्नलाई कडा कारबाहीसहित न्यायको माग राख्दै घटना भएको १० दिन बितिसक्दा पनि उनको परिवारले शव उठाउन मानेको छैन। इनिशाको शव सुर्खेतस्थित प्रदेश अस्पतालमै छ।

इनिशाको बलात्कारपछि हत्या गरिएको भन्दै जिल्लासहित देशभर आन्दोलन भइरहेको छ। इनिशाको अत्याधिक रक्तस्रावपछि मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा देखिएको परिवारले बताउँदै आएको छ। प्रहरीले घटनाको बारेमा प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट गहन अनुसन्धान भइरहेको जनाएको छ।

सुर्खेत प्रहरीका सूचना अधिकारी एवं डिएसपी मोहनजङ्ग बुढथापाले प्रहरी निरीक्षकको कमान्डमा ब्युरोको विज्ञ टोली शुक्रबार वीरेन्द्रनगर आएपछि शनिबारदेखि गहन अनुसन्धान सुरु गरेको बताए। उनले भने, “यस विषयमा गहन अनुसन्धान भइरहेकाले थप विवरण आउन केही समय लाग्छ ।” उनले फरेन्सिक ल्याबमा पीडित र पीडक परिवारका दुवै जनाको मोबाइललगायत विद्युतीय सामग्री अनुसन्धानका लागि पठाइएको र त्यसको रिपोर्ट आइनसकेको स्पष्ट पारे।

डिएसपी बुढथापाका अनुसार पीडित परिवारले दिएको जाहेरीका आधारमा शव परीक्षणका लागि थप अनुसन्धान गर्न भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेत पुगेर शव परीक्षण गरी त्यसको प्रतिवेदनसमेत दिइसकेको छ। प्रतिवेदन अनुसार जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ।

घटनापछि चार किशोरलाई प्रहरीले पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिसकेको छ। गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिशाको गत फागुन २३ गते बिहान ट्युसन पढ्न भनी घरबाट हिँड्ेकी थिइन्। इनिशाका दाजु चक्र विकले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गरी घटनामा संलग्नलाई कानुनी कारबाही नभएसम्म आफूहरूले शव नउठाउने बताए।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।