मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:४६ Sunday, November २२, २०२६

कैलालीमा श्रीमतीको हत्या पछि श्रीमानले आफैमाथि गोली चलाए

शेयर२०.२K०

कैलालीमा श्रीमतीको हत्या गरेर एक जनाले आफूमाथि समेत गाेली चलाएका छन्।

गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१  वर्षीय राम बहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला श्रीमती २८ वर्षीया संजिता मगरकाे हत्या गरेको प्रहरीले जनाएको छ ।

कैलालीका निमित्त प्रमुख प्रहरी नायब  उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले विवादका क्रममा मगरले आफूसँग रहेको भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानी हत्या गरेकाे बताए ।
श्रीमतीकाे हत्यापछि उनले सोही बन्दुकले गोली हानेका थिए । घाइते अवस्थाका उनकाे सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

उनकी श्रीमतीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान जारी छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२०.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।