मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:२९ Monday, November २३, २०२६

कैलालीमा स्वास्थ्य केन्द्र गइरहेकी महिलाले बाटोमै शिशुलाई जन्म दिइन्

शेयर११.९K०

कैलालीमा सुत्केरी ब्यथा लागेपछि स्वास्थ केन्द्र जाने क्रममा महिलाले बाटोमै नवजात शिशुलाई जन्म दिएकी छन् । मोहन्याल गाउँपालिका९३ को बुढीआमकी २२ वर्षीया दुर्गा बिकले सोमबार बाटोमै शिशुलाई जन्म दिएकी हुन् ।

उनी प्रसुती गराउन बुढीआमदेखि फल्लेबिसौँना आधारभूत स्वास्थ केन्द्र आइरहेकी थिइन् । सोही क्रममा बाटोमा पर्ने जंगलमा नवजात शिशुलाई जन्म दिएको स्वास्थ केन्द्रकी अनमी रूपा खत्रीले बताइन् ।

स्वास्थ केन्द्रबाट खत्रीसहितका स्वास्थकर्मी एम्बुलेन्स लिएर बिकले शिशु जन्म दिएको ठाउँमा पुगेर सहयोग गरेका थिए । स्वास्थ केन्द्रमा सामान्य हेरचाहपछि आमा र शिशुको स्वास्थ अवस्था सामान्य भएका कारण डिस्चार्ज गरिएको छ ।

केन्द्रले उनीहरूलाई एम्बुलेन्सबाटै घरसम्म छाडिएको जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।