मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:१९ Monday, November २३, २०२६

कैलालीमा दाजुभाइको मृत्यु घटना : ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

शेयर४.७K०

कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग अन्वेषण प्रयोगशाला धनगढीले जानकारी दिएको छ ।

ब्रोइलरको मासु खाएर मान्छे बिरामी परेको र दुई जनाको ज्यान गएको घटनापछि प्रयोगशालाको प्राविधिक टोली खटेर चुरे गाउँपालिकामा रहेको विकास पोल्ट्री फार्ममा मरेका कुखुुराको नमूना परीक्षण गरेको थियो । परीक्षण गर्दा कुखुरामा हानिकारक सङ्क्रमण फेला नपरेको प्रयोगशालाका प्रमुख डा. नरेशप्रसाद जोशीले जानकारी दिए ।  उनले बर्डफ्लू पनि नेगेटिभ आएको उल्लेख गरे ।

जोशीका अनुसार मासु खाएर बिरामी पर्नुको कारण कुनै सङ्क्रमण नभइ सडेगलेका मासु खाएर भएको देखिन्छ । उनले बिरामी परेको परिवारले चार दिनसम्म पोलेर सडेगलेको मासु खाएको खुल्न आएकोले फूड प्वाइजन भएको हुन सक्ने बताए ।

मरेको ब्रोइलरको मासु खाएर चुरे गाउँपालिका–३, भक्तपुरका आठ वर्षीय भीम ताम्राकार र पाँच वर्षीय दीपकको उपचारको क्रममा शुक्रबार सेती प्रादेशिक अस्पताल धनगढीमा ज्यान गएको थियो ।

मृतकका आमा राधिका र कान्छा भाइ तीन वर्षीय दीपेशको भने सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर४.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।