मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:५५ Monday, November २३, २०२६

घोडाघोडीमा व्यवसायिक मसला उत्पादन, प्रशोधन तथा बजारीकरण तालिम सम्पन्न

शेयर१४K०

कैलालीको घोडाघोडी नगरपालिका मा सात दिने व्यवसायिक मसला उत्पादन, प्रशोधन तथा बजारीकरण तालिम सम्पन्न भएको छ।

“सीप सिकौं, आत्मनिर्भर बनौं, एक वडा–एक उद्योग गरौं, उत्पादनलाई पहिचान दिऔं” भन्ने नारासहित वडा नम्बर १ मा सञ्चालन गरिएको तालिम गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाको उद्यम विकास शाखाले आयोजना गरेको हो।

तालिममा पिपलडाँडा लघु उद्यमी समूहका २५ जना महिलाको सहभागिता रहेको थियो। सहभागीलाई मसला उत्पादन, प्रशोधन तथा बजारीकरण सम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो। तालिमका प्रशिक्षक तथा कामना मसला उद्योगका प्रबन्धक पंकज बहादुर देउवाले प्रशिक्षण दिएका थिए।

सहभागी महिलाहरूले तालिमबाट व्यवसाय गर्ने आत्मविश्वास बढेको बताउँदै सिकेको सीपलाई व्यवसायिक रूपमा प्रयोग गरी आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तालिमपछि महिलाहरूले उत्पादन गर्ने मसलाको गुणस्तर सम्बन्धी विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य निरीक्षकहरूले समेत सहजीकरण गरेका थिए।

सात दिने तालिमको समापन समारोहमा नगर प्रमुख खड्क बहादुर रावतले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै सीप सिकेर स्वरोजगार बन्न आग्रह गरे। वडा नम्बर १ का वडाध्यक्ष तथा नगर प्रवक्ता घनश्याम ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्यम विकास शाखा प्रमुख जुगीना चौधरी, पिपलडाँडा लघु उद्यमी समूहका अध्यक्ष लक्ष्मी सापकोटा लगायतको सहभागिता रहेको थियो।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।