मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ५:३४ Monday, November २३, २०२६

जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ

शेयर१४.२K०

पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पीडित महिलाले उजुरी दिएपछि पक्राउ पुर्जीका आधारमा बुधबार बुढालाई नियन्त्रणमा लिइएको हो ।घटनाबारे थप अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद समेत थप गरिएको प्रहरीले जनाएको छ । जुम्लाका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीले पीडित महिलाले वडाध्यक्ष बुढाले पटक–पटक धम्की दिँदै जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् ।

मंगलबार राति उजुरी परेपछि प्रहरीले कानूनी प्रक्रिया अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१४.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।