कैलालीको पहलमानपुरस्थित सहारा युवा क्लबको आयोजनामा विश्व रेडक्रस दिवसको अवसरमा पहलमानपुरमा सम्पन्न वृहत् रक्तदान कार्यक्रमबाट ४९ पोइन्ट रगत संकलन भएको छ।
शुक्रबार बिहान ७ बजेदेखि पहलमानपुरस्थित प्रहरी बिट नजिक सञ्चालन गरिएको रक्तदान कार्यक्रममा विभिन्न व्यक्तिहरूले रक्तदान गरेका थिए।
कार्यक्रमको उद्घाटन घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावत ले क्लबका अध्यक्ष निर्मल मिश्र लाई ब्लड ब्याग हस्तान्तरण गरेर गरेका थिए। त्यसपछि अध्यक्ष मिश्रले स्वयं रक्तदान गर्दै कार्यक्रमको सुरुवात गरेका थिए।
रक्तदान कार्यक्रमबाट ४९ पोइन्ट रगत संकलन भएको क्लबका सचिव छत्र बुढाले जानकारी दिए । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत क्लबले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।