मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:१८ Monday, November २३, २०२६

गोदावरीका मेयर भट्टले मापसे गरेर गाडी चलाएको स्वीकारे, प्रहरीद्धारा १००० रुपैयाँ जरिवाना

शेयर८.१K०

कैलालीको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले मदिरा सेवन गरेर चलाएपछि सरकारी गाडी दुर्घटना भएको खुलेको छ ।

मापसे गरेरेर गाडी चलाएको पाइएपछि प्रहरीले मेयर भट्टलाई जरिवाना तिराएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले भट्टलाई मादक पदार्थ सेवन गरेर गाडी चलाएकोमा पाँच सय रुपैया जरिवाना तिराएको छ भने लापरवाही गरेकोमा थप पाँच सय जरिवाना तिराइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक(इन्स्पेक्टर) रेशम आचार्यले मेयर भट्टलाई एक हजार रुपैयाँ जरिवाना गरेर गाडी छाडिएको जानकारी दिए । उनकाअनुसार भट्टले आफन्त मार्फत ट्राफिक प्रहरी कार्यालयमा जरिवाना तिरेपछि कैलाली गाउँ प्रहरी चौकीले नियन्त्रणमा रहेको गाडी कागज गरेर छाडेको छ ।

शनिबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डको गेटामा भट्टले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको गाडी दुर्घटना भएको थियो । अनियन्त्रित गाडी सडकको छेउमा रहेको रेलिङमा ठोक्किएको थियो ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएपनि गाडीको अगाडीको भाग भने क्षतिग्रस्त भएको छ । मेयरको गाडी दुर्घटनामा परेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले राति मापसे परीषण गर्न नपाएपनि मेयर स्वयंमले मादक पदार्थ सेवन गरेर गाडी चलाएको स्वीकार गरेपछि जरिवाना गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।