मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:१५ Sunday, November २२, २०२६

कलाकार रवि ओडले सम्बन्ध विच्छेदकाे मुद्दा हारे

शेयर४.२K०

गायक तथा कलाकार रवि ओडले जिल्ला अदालत कञ्चनपुरबाट सम्बन्ध विच्छेदको मुद्दा हारेका छन् ।

ओडले श्रीमतीसँग छुट्टिएर अलग बस्ने निर्णय लिदै जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए ।

तर, अदालतले भने श्रीमतीसँगको सम्बन्ध विच्छेद नहुने फैसला सुनाएको छ ।

न्यायाधिश सुर्यप्रसाद भण्डारीको एकल इजलाशले उक्त मुद्दाको अन्तिम सुनवाई गर्दै दुई जनाबीच सम्बन्ध विच्छेद नहुने फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।

अदालतका शाखा अधिकृत तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले रविको मुद्दामा न्यायाधिश भण्डारीको इजलाशले श्रीमतीसँगको सम्बन्ध विच्छेद नहुने फैसला सुनाएको बताएका छन् ।

तर, फैसलाको पूर्ण पाठ आउन भने समय लाग्नेछ । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बसोबास गर्दै आएका रवि ओडकी श्रीमतीले उनीविरुद्ध यसअघि जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा हालेकी थिइन् ।

सो मुद्दामा भने अदालतले रविको पक्षमा फैसला गरेको थियो । ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले २० चैत २०८० मा इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् ।

सुरुमा पाँच लाख धरौटीमा छुटेका रविलाई २०८१ को असारतिर अदालतले सफाई दिएको थियो । ओड नेपाल आइडल सिजन–२ का विजेता भएका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर४.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।