मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:३४ Monday, November २३, २०२६

दुई किस्ता मात्रै तिरेको बीमामा ५ लाख ५० हजार दाबी भुक्तानी, बालकले अब मासिक ५ हजार पनि पाउने

शेयर४१K०

कैलालीको घोडाघोडी नगरपालिका– २ का शिशिर बिष्टको नाममा गरिएको जीवन बीमाको मृत्युदाबी रकम सिटिजन लाइफ इन्स्योरेन्सको सुखड शाखाले भुक्तानी गरेको छ। कम्पनीले मृतक परिवारलाई बीमा बापतको ५ लाख रुपैयाँ र काजक्रिया खर्चबापत ५० हजार रुपैयाँ गरी कुल ५ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो।

१४ वर्षको उमेरमा शिशिरको नाममा दुई वर्षअघि १२ वर्ष अवधिको ५ लाख रुपैयाँ बराबरको जीवन बीमा गरिएको थियो। उक्त बीमाको प्रस्तावक उनकी आमा रिता बिष्ट रहेकी थिइन्। बीमा सुरु भएयता दुई किस्ता मात्रै भुक्तानी गरिएको अवस्थामा गत चैत १२ गते रिता बिष्टको हृदयघातका कारण निधन भएको थियो।

प्रस्तावकको मृत्यु भएपछि सिटिजन लाइफ इन्स्योरेन्स सुखड शाखाले बीमाअन्तर्गतको मृत्युदाबी रकम परिवारलाई उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार अब शिशिरले बीमा अवधिभर वार्षिक तिर्नुपर्ने किस्ता मिनाहा पाउनेछन् भने मासिक ५ हजार रुपैयाँका दरले प्राप्त गर्नेछन्। साथै बीमा अवधि पूरा भएपछि पुनः ५ लाख रुपैयाँ र बोनस रकमसमेत हस्तान्तरण गरिने कम्पनीले जनाएको छ।

सोमबार कम्पनीका बौनिया शाखा प्रमुख खड्ग सिंह खड्सिला, पहलमानपुर शाखा प्रमुख गीता धामी, सुखड शाखा प्रमुख भगवती शाही लगायत कर्मचारीहरू बिष्टको घरमै पुगेर रकम हस्तान्तरण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका थिए।

कार्यक्रममा घोडाघोडी नगरपालिका–२ स्थित गुराँस पब्लिक विद्यालयका प्रिन्सिपल जयराम भण्डारीले बीमा कम्पनीले पीडित परिवारको घाउमा मलम लगाउने काम गरेको बताए। उनले बीमा गर्दा आकर्षक कुरा गर्ने तर दाबी भुक्तानीका बेला विभिन्न बहाना बनाउने भन्ने आम बुझाइलाई सिटिजन लाइफ इन्स्योरेन्सले व्यवहारबाट चिर्न खोजेको धारणा व्यक्त गरे।

सुखड शाखा प्रमुख भगवती शाहीले कम्पनीले हाल ५ लाख रुपैयाँ बीमा रकम र ५० हजार रुपैयाँ काजक्रिया खर्च उपलब्ध गराएको जानकारी दिँदै बीमा अवधि समाप्तिपछि बोनससहित थप रकम उपलब्ध गराइने बताइन्।

कम्पनीका बौनिया शाखा प्रमुख खड्ग सिंह खड्सिलाले समाजमा अझै पनि बीमाप्रति नकारात्मक धारणा रहेकाले यस्ता कार्यले त्यसलाई बदल्न सहयोग पुग्ने बताए।

मृतक रिता बिष्टका श्रीमान् चेतबहादुर बिष्टले आफूले बीमा दाबी प्रक्रियामा कुनै समस्या नबेहोरेको बताएका छन्। कम्पनीले समयमै मृत्युदाबी रकम भुक्तानी गरेको भन्दै उनले बीमा कम्पनीलाई धन्यवाद व्यक्त गरे।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर४१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।