मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ४:१४ Sunday, November २२, २०२६

मुख्यमन्त्री शाहको गतिविधिमाथि मेयर शाहीको प्रश्न : “जनताले सुशासन कहाँ खोज्ने?”

शेयर१०.५K०

लम्कीचुहा नगरपालिकाकी मेयर शुशीला शाहीले मुख्यमन्त्री कमलबहादुर शाह र उनको टिमप्रति कडा असन्तुष्टि व्यक्त गर्दै पछिल्लो गतिविधिलाई “लोकतान्त्रिक संस्कारविपरीत” भएको टिप्पणी गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शाहीले जनताको सेवक बन्नुपर्ने नेतृत्व नै षड्यन्त्रकारी शैलीमा उत्रिएको आरोप लगाएकी हुन्। उनले लुकेर रेकर्डिङ गर्ने, मुडभेटको वातावरण सिर्जना गरेर तनाव भड्काउने तथा नियम–कानुन मिचेर एकलौटी हस्तक्षेपकारी नीति लागू गर्ने प्रवृत्तिले सरकारको वास्तविक चरित्र उजागर भएको उल्लेख गरेकी छन्।
शाहीले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा गैरकानुनी समिति बनाएर “चोर शैलीमा प्रवेश” गरिएको दाबी गर्दै त्यसलाई सत्ता दम्भको चरम नमुना भनेकी छन्। “जनताको करबाट चलेको सरकार नै कानुन मिच्दै हिंड्ने हो भने नागरिकले न्याय र सुशासन कहाँ खोज्ने?” भन्ने प्रश्नसमेत उनले उठाएकी छन्।
उनले मुख्यमन्त्रीको पछिल्लो गतिविधिले नेतृत्व क्षमता नभई सत्ता जोगाउन जुनसुकै हद पार गर्न तयार कमजोर मानसिकता देखिएको टिप्पणी गरेकी छन्। लोकतन्त्रको आवरणमा अधिनायकवादी शैली अपनाइए जनविश्वास गुम्ने र विरोध बढ्ने चेतावनीसमेत शाहीले दिएकी छन्।
मेयर शाही र मुख्यमन्त्री शाह दुवै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। पछिल्लो समय लम्कीचुहा अस्पतालको विषयलाई लिएर उनीहरूबीच विवाद चर्किँदै गएको देखिएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।