मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:२९ Sunday, November २२, २०२६

घोडाघोडीमा एसईई नतिजाः जनज्योति उत्कृष्ट, राष्ट्रिय माविका दिपेश रेग्मी नगर प्रथम

शेयर२७.८K०

कैलालीको घोडाघोडी नगरपालिकामा यस वर्षको एसईई नतिजामा उल्लेखनीय सुधार देखिएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको एसईई २०८२ को नतिजाअनुसार नगरपालिकामा ७५.९३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
शिक्षा शाखा प्रमुख (उपसचिव) खगेन्द्रबहादुर सिंहका अनुसार यो नतिजा अघिल्लो वर्षको तुलनामा ३६.६२ प्रतिशतले सुधारिएको हो। गत वर्ष नगरपालिकाबाट ३९.३१ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए।
यस वर्ष राष्ट्रिय माध्यमिक विद्यालय सुखडका विद्यार्थी दिपेश रेग्मीले ३.९० जीपीए ल्याउँदै नगर प्रथम बनेका छन्। सो विद्यालयले सबैभन्दा उच्च जीपीए प्राप्त गर्दै उत्कृष्ट नतिजा प्राप्त गरेको छ भने अन्य पाँच जना विद्यार्थीले पनि ३.६० भन्दा माथिको जीपीए हासिल गरेका छन्।
सामुदायिक विद्यालयतर्फ जनज्योति माध्यमिक विद्यालय सुन्दरपुरले ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै नगरमै उत्कृष्ट नतिजा ल्याएको छ। त्यसैगरी बडोतडो माध्यमिक विद्यालय बछुरियाले ९०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै दोस्रो स्थान हासिल गरेको छ।

vitra
नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूले यस वर्ष नतिजामा उल्लेखनीय सुधार गरेका छन्। १० वटा विद्यालयले ७० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन्। नगरपालिकाका १८ सामुदायिक विद्यालय एसईई परीक्षामा सहभागी भएका थिए । सामुदायिकतर्फ ७२.२० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
संस्थागत विद्यालयतर्फ पायोनियर्स स्कलर्स एकेडेमी र न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलले शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन्। नगरपालिकाभित्रका ६ संस्थागत विद्यालय एसईई परीक्षामा सहभागी भएकामा संस्थागततर्फ ९६.३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
चैत २९ गते सम्पन्न एसईई परीक्षामा घोडाघोडी नगरपालिकाबाट १ हजार २ सय ३४ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ९ सय ३७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२७.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।