कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको वीरेन्द्र स्पोर्ट्स एकेडेमीले आरसीए यू–१४ एकेडेमी तह राष्ट्रिय टि–२० लिगको उपाधि जितेको छ। लगातार पाँच खेल जित्दै अपराजित रूपमा फाइनल पुगेको वीरेन्द्रले बिहीबार सम्पन्न फाइनलमा वानडे क्रिकेट एकेडेमी काठमाडौं लाई ८ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो।
फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वानडे क्रिकेट एकेडेमी काठमाडौंलाई वीरेन्द्रले उत्कृष्ट बलिङ गर्दै १३ ओभर १ बलमा मात्र ३८ रनमा समेटेको थियो।
३९ रनको सामान्य लक्ष्य पछ्याएको वीरेन्द्र स्पोर्ट्स एकेडेमीले दुई विकेटको क्षतिमा ५ ओभर ३ बलमै लक्ष्य पूरा गर्दै सहज जित निकालेको हो।
उपाधिसँगै वीरेन्द्र स्पोर्ट्स एकेडेमीले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बेस्ट बलर र बेस्ट ब्याट्सम्यान अवार्डसमेत वीरेन्द्रकै खेलाडीहरूले हात पारेका छन्।
घोडाघोडी क्षेत्रको क्रिकेट विकासमा सक्रिय रहँदै आएको वीरेन्द्र स्पोर्ट्स एकेडेमीको यो सफलताले स्थानीय खेल क्षेत्रलाई थप उत्साहित बनाएको





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।