राष्ट्रिय माध्यमिक विद्यालय सुखडको विद्यालय व्यवस्थापन समिति अध्यक्षबाट बाहिरिएका खगेन्द्र हमालले आफ्नो कार्यकालमा भएका उपलब्धिहरू सार्वजनिक गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै उनले छोटो अवधिमा विद्यालयमा भएका शैक्षिक, प्रशासनिक तथा भौतिक पूर्वाधार विकासका कामबारे जानकारी दिएका हुन्।
सरकारले मनोनीत सदस्यबाट गठन गरिएका विद्यालय व्यवस्थापन समितिहरू खारेज गर्दै अभिभावकबाट मात्रै समिति गठन गर्ने नीति कार्यान्वयन गरेपछि हमाल अध्यक्ष पदबाट बाहिरिएका हुन्। विदाइको क्रममा उनले विद्यालयको समग्र सुधारका लागि आफूले नेतृत्व गरेको समितिले गरेका कामहरूको विवरण सार्वजनिक गरेका छन्।
हमालले आफ्नो नेतृत्वमा विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार भएको दाबी गरेका छन्। केही वर्षअघिसम्म नगरपालिकामै कमजोर नतिजा दिने विद्यालय अहिले नगरपालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताएका छन्।
उनका अनुसार कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ। यसले निजी विद्यालयतर्फ जाने विद्यार्थीलाई सामुदायिक विद्यालयमै आकर्षित गर्न मद्दत पुगेको र विद्यार्थी संख्या समेत बढेको उनले उल्लेख गरेका छन्।
त्यस्तै विद्यालयको प्रशासनिक तथा लेखा प्रणाली व्यवस्थित बनाइएको, शिक्षक–अभिभावक–व्यवस्थापन समितिबीच नियमित छलफल र समन्वय बढाइएको तथा विद्यालयका सटरहरूको भाडादर वृद्धि गरी पुराना बक्यौता असुली प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।
विद्यालयको पूर्वी क्षेत्रमा रहेको जग्गा विवाद अदालतबाट विद्यालयकै पक्षमा फैसला भएको उल्लेख गर्दै उनले लामो समयदेखि अतिक्रमणमा रहेको बजार क्षेत्रको जग्गा खाली गराउने काम अन्तिम चरणमा पुगेको बताएका छन्। उक्त जग्गामा २०७५ सालदेखि रोकिएको विशेष आवासीय विद्यालयअन्तर्गतका तीन वटा भवन निर्माण प्रक्रिया अघि बढाइएको उनले जनाएका छन्।
हमालका अनुसार विद्यालयमा खानेपानी र विज्ञान प्रयोगशालाको सुधार गरिएको छ भने विद्यालयलाई डिजिटल प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत हाल दुई वटा स्मार्ट बोर्ड जडान भइसकेका छन्। थप २० लाख रुपैयाँ बराबरका स्मार्ट बोर्ड खरिद प्रक्रिया समेत अगाडि बढाइएको र निकट भविष्यमै कम्तीमा १२ वटा कक्षाकोठामा स्मार्ट बोर्ड जडान हुने योजना रहेको उनले बताएका छन्।
स्टाटसमार्फत उनले विद्यालय सुधार अभियानमा साथ दिने अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, विद्यालय प्रशासन, नगरपालिका तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेका छन्।
खगेन्द्र हमालले विद्यालयको हितमा आफू सधैं सकारात्मक सुझाव र सहयोगका साथ रहने प्रतिबद्धता समेत व्यक्त गरेका
प्रकाशित :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।