मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:४५ Monday, November २३, २०२६

कञ्चनपुरमा श्रीमानको सुतेकै अवस्थामा हत्या, श्रीमती प्रहरीको नियन्त्रणमा

शेयर१२.५K०

कञ्चनपुरमा धारिलो हतियार प्रहार गरेर एक जनाको हत्या गरिएको छ । दोधाराचाँदनी नगरपालिका–५ मा ४५ वर्षीय लिलाराम सुनारको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र थापाले सुनार सोमबार बिहान आफ्नै घरमा हत्या गरेको अवस्थामा भेटिएको बताए । श्रीमान हत्या गरेको अवस्थामा घरमा रहेको भन्दै श्रीमती यशोदा सुनारले नै बिहान प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रहरी निरीक्षक थापाकाअनुसार मृतकको घाँटीमा धारिलो प्रहार भएको पाइएको छ । घटनापछि प्रहरीले मृतककी श्रीमतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ भने घटनास्थलबाट चक्कु बरामद गरिएको छ ।

घरमा दुई जना श्रीमान श्रीमती मात्र बस्दै आएको खुलेको छ । घटनाबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।