मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:४८ Sunday, November २२, २०२६

कञ्चनपुरमा माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु

शेयर३.३K०

कञ्चनपुरमा माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु भएको छ ।

लालझाडी गाउँपालिका–४ को इटाहामा घर लिपपोत गर्नका लागि माटो लिन गएकी शुक्लाफाँटा नगरपालिका–१२ बस्ने ४० वर्षीया हर्दुलिया रानाको माथिबाट खसेको ढिस्कोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) खड्कबहादुर खत्रीले माटोको ढिस्कोमा पुरिएकी रानाको घटनास्थलमै मृत्यु भएको बताए । उनकाअनुसार ढिस्कोमा परेकी अर्की महिला पनि घाइते भएकी छन् ।

घाइते हुनेमा सोही ठाउँ बस्ने ५५ वर्षीया सुन्दरिया राना रहेको उनले बताए । रानालाई उपचारका लागि धनगढी ल्याइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर३.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।