मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:०६ Monday, November २३, २०२६

दार्चुलामा प्रधानाध्यापकलाई आत्महत्या गर्न बाध्य पारेकाे आराेपमा ८ जना पक्राउ

शेयर३.८K०

दार्चुलामा प्रधानाध्यापकलाई आत्माहत्या गर्न बाध्य पारेकाे आराेपमा प्रहरीले आठ जनालाई पक्राउ गरेकाे छ ।

व्याँस गाउँपालिका–४ काे सम्पाल माध्यमिक विद्यालय सुन्सेराका प्रधानाध्यापक बलदेव सिंह धामीले विद्यालयमै झुन्डिएर आत्महत्या गरेकाे घटनामा आठ जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा महाकाली नगरपालिका–१ का ३२ वर्षीय बिक्रम सिंह कुँवर, महाकाली नगरपालिका–२ का ५२ वर्षीय दलिदत्त भट्ट, महाकाली नगरपालिका–५ का ४२ वर्षीय खिमानन्द भट्ट, व्याँस गाउँपालिका–४ का ५७ वर्षीय परमानन्द भट्ट, ३९ वर्षीय पदमराज भट्ट, ४३ वर्षीय नरेन्द्र दत्त भट्ट, ५९ वर्षीय हरिदत्त भट्ट तथा बैतडी पाटन नगरपालिका–४ का ४० वर्षीय पुष्करराज भट्ट रहेका छन् ।

उनीहरूलाई आत्माहत्या दुरूत्साहन मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) ओमबहादुर रानाले बताए ।

उनकाअनुसार पक्राउ पर्नेमा साेही विद्यालयका शिक्षक, स्थानीय नेता र निर्माण व्यवसायी रहेका छन् ।

प्रधानाध्यापक धामीले साेमबार सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नाेट लेख्दै विद्यालयमै आत्माहत्या गरेका थिए ।

धामीले आफूलाई मर्न बाध्य बनाउनेहरू भन्दै सुसाइड नाेटमा पाेलेका व्यक्तिहरूलाई नै प्रहरी पक्राउ गरेकाे छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर३.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।